साँस्कृतिक कार्यक्रम गरि मनाइयाे तीज
चन्द्राैटा, २ असाेज ।
कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा तीज उत्सव तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । दियालो नेपाल कपिलवस्तु र छमछमी कला केन्द्रको संयुक्त आयोजनामा तिज उत्सव तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले नेपाली हिन्दु महिलाहरुको महान पर्वको रुपमा तिज पर्वलाई मानिने गरेको बताउँदै तीजलाई मर्यादित र सभ्य बनाउनु पर्नेमा बताए । उनले हरेक धर्म, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको जोड दिँदै सबै नेपाली हिन्दु महिला शुभकामना व्यक्त गरे ।
यस्तै दियालो नेपालकी अध्यक्ष मिना परियारले तीज पर्वलाई महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका बताइन् । उनले तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्ने गरेको बताइन् । पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको बताउँदै एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा फैलिरहेको उनले बताइन् ।
कार्यक्रममा नगर प्रमुख अजय थापा, लोसपाका केन्द्रिय सदस्य रविदत्त मिश्रा, माओवादीका नगर अध्यक्ष चिन्ता परियार, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष सरोज पौडेल, अकोराब लुम्बिनी प्रदेश सदस्य शरद अधिकारी लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















