चन्द्रौटा, २ असोज ।
पछिल्लो समय जन्मदिनमा मनाउने भन्दै खर्च गर्ने प्रवृति बढेको छ । तर त्यहि जन्मदिन फरक तरिकाले मनाउने गरेको उदाहरण समेत पाईन्छ । यस्तै कपुरी मिडिया ग्रुपद्वारा सञ्चालित कपुरी अनलाइनका सम्पादक शरद अधिकारी फरक तरिकाले जन्मदिन मनाएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४, खरेन्द्रपुर अवस्थित बालहंस साङ्गवेद स्वर्गद्वारी आश्रम, गुरुकुल पाठशाला बटुकहरूलाई खाद्य सामाग्री प्रदान गरेका छन् । अधिकारीले जन्मदिन मनाउने शैली परिवर्तन गरी उनीहरुलाई टेवा पुग्ने गरी सामाग्री प्रदान गरेको बताए ।
उनले भने ः “जन्मदिन मनाउने नाममा भोज गरेर हजारौँ खर्च गर्नुभन्दा सामाजिक कार्यमा लगानी गरी केही फरक गरौँ भनि सानो प्रयास गरेको छु ।” बटुकहरुलाई एक प्रहरका लागि सहभोजको व्यवस्थापन गरेर गरेर जन्मदिन मनाएका छन् ।
साङ्गवेद स्वर्गद्वारी आश्रममा हाल डेढ दर्जन बढी बटुक अध्ययरत रहेका छन् । सम्पादक अधिकारी अकाेराब लुम्बिनी प्रदेश सदस्य र आवर मडरल्याण्ड एकेडमीका अध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध समेत रहेका छन् ।