कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि कपडा तस्करी मौलाउदै
कपिलवस्तु, असाेज १
बिओपी संख्या बढेपनि जिल्लाका पश्चिमी सिमा हुँदै अवैध मालसामानकाे तस्करी नियन्त्रण हुन सकेकाे छैन ।

जिल्लाकाे पश्चिममा कृष्णनगर , भिल्मी , डालपुर , जवाबैराठ, हर्दाैना लगायतका बिओपी छन तर खुला सिमामा हुँदै भारतबाट भित्रिने अवैध मालसमान राेक्न सकिएकाे छैन ।
कपडा , माेटरपार्टस , खाद्यान्न , सेताे अण्डा, माछा, जुत्ता चप्पल ,ओैषधि लगायतका सामान भित्रिदै आएकाे छ। कहिलेकाहीँ सशस्त्र प्रहरीले तस्करीकाे मालसमान समातेपनि तस्कर र वास्तविक व्यवसायीलाई समातना नसकेको सरोकारवालाहरूले गुनासो गर्दै आएका छन् र
जिल्लाको मुजहना,हर्दाैना, कोटीया, बढनी, सतभरा, कर्मा, ,लाेहटी,बगही, भिल्मी, डुमाई, सिर्सिहवां, भगवानपुर, गेडुवाजाेत, कठुवा लगायतका खुला सिमाबाट निर्वाधरुप मै तस्करी हुँदै गरेकाे स्राेतले जनाएकाे छ ।
नेपाल-भारत खुला सिमानाकाे फाइदा उठाउदै कृष्णनगर, बहादुरगंज, महराजगंज, चन्द्राैटा लगायत क्षेत्रका ठुला व्यापारीकाे संरक्षणमा दर्जनाै क्यारियरहरु ओसारपसार गर्ने गरेका छन भने प्रहरी चाैकि र बिओपीहरु तस्करी नियन्त्रण गर्न असमर्थ देखिएका छन । पटक पटक समाचार आउदा समेत तस्करको मनोबल उच्च नै रहेको प्रष्ट देखिन्छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















