पुष्पसदन बास्केटबल : मेगसद्वारा राराहिल पराजित
ललितपुर : आशिष थापा मगरको उत्कृष्ट प्रर्दशनसँगै तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा मेगस इंग्लिस स्कुलले जित दर्ता गरेको छ ।
पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा चलिरहेको प्रतियोगितामा आइतबार सम्पन्न पहिलो खेलमा मेगसले राराहिल मेमोरियल स्कूललाई १४ स्कोरको अन्तरले पराजित गरेको छ।
पुष्पसदको बास्केटबल कोर्टमा सम्पन्न खेलमा मेगसले ६२ स्कोर गर्दा पराजित राराहिलले ४८ स्कोर गर्न सक्यो। खेलमा मेगसका आशिष थापामगर एक्लैले सर्वाधिक ५९ स्कोर गरेका छन्। एकै खेलमा यतिका स्कोर गर्ने जारी प्रतियोगिताकै आशिष किर्तीमानी खेलाडी बनेका छन्।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फएक गरी २५ विद्यालय सहभागी भएका छन् । आगामी असोज ८ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन् भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















