कृष्ण पौडेल,विजयनगर ।
नेकपा माओवादी केन्द्रको जनता संग माओवादी कार्यक्रम अन्तर्गतको रुपान्तरण अभियानमा नेकपा माओवदी केन्द्र शिवराज नगर कमिटीले शिवराज नगरपालिका वडा नं. ९ को रमुवादहमा विपन्न परिवारको घर निर्माणमा श्रम शिविर संचालन गरेको छ । रुपान्तरण अभियान अन्तर्गत वडामा फरक किसिमको कार्यक्रम गरिएको हो ।
जनताको घर दैलो अभियान र विशेष रुपान्तरण अभियानमा फरक र नयाँ शैलीका कार्यक्रम संचालन गर्न श्रमशिविर संचालन गरिएको नेकपा मओवादी केन्द्र शिवराज नगर कमिटि कार्यवाहक अध्यक्ष चिन्ता परियारले बताए । पार्टि प्रति जनताको आशा र भरोसा अझै पनि बाँकी नै रहेकोले रचनात्मक कार्यक्रम संगै सबै वडाहरुमा अभियान लिएर जानु पर्ने उनले बताए ।परिर्वतनको संवाहक कै रुपमा रहेको र जनताको मर्मलाई माओवादीले मात्रै बुझने विश्वास जनतामा कायम नै रहेकोले सो विश्वासलाई जित्न पनि अभियानले सहयोग पुग्ने अध्यक्ष परियारले बताए ।
श्रम शिविर मार्फत रमुदह कि विपन्न ढिकरु थारुको पुरानो घर हटाएर नयाँ निर्माण गर्न लागिएको पार्टिका जिल्ला समन्वय समिति सदस्य प्रकाश रोकाले बताए । रोकाले पार्टिको अभियान संगै जनताको पिरमर्का र समस्यालाई समाधान गर्न जनता संगै काम गर्नु पर्ने बताए । वडा कमिटिको अभियान अन्तर्गत श्रम शिविर मार्फत घर निर्माण पछि थारु हस्तान्तरण गरिने उनले बताए ।
पार्टिको ३ महिने अभियानमा श्रम शिविर मार्फत वडाका गाउँघर सरसफाई, बृक्षारोपण, सिचाइ नाला पानिका मुहानहरु सरसफाइ अन्य जनचेतना मूलक अभियानहरु संचालन गरि पार्टिलाई जनतासंग जोड्ने कार्यक्रम संचालन गरिने नेकपा माओवादी शिवराज नगरपालिका वडा नं. ९ वडा कमिटि अध्यक्ष गणेश गुरुङ्गले बताए । पार्टिको अभियानले पार्टिमा लागेर छोडेर, अन्य पार्टिमा प्रवेश गरेका र निस्कृय रहेकाहरुलाई जोडेको समेत उनले बताए ।