काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदै छन्। उनी नेपाल एयरलायन्सको विमानबाट दिउँसो १;४५ बजे नयाँदिल्ली जान लागेका हुन्।

पार्टीको प्रवास कमिटीले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन भट्टराई भारत जान लागेको उनको सचिवालयले जनाएको छ। एक साताको भारत बसाइमा उनले नेपाली समुदायसँग छलफलगर्नुका साथै आर्थिक विकास र समृद्धिका विषयमा पनि अन्तरक्रिया गर्नेछन्।

भारतसँगै पार्टीको प्रवास कार्यक्रम क्रमशः बेलायत लगायतका मुलुकमा पनि गर्ने नेसपाको तयारी छ। डा. भट्टराई असोज ५ गते स्वदेश फर्किने कार्यक्रम छ।