नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट एक पुरूष महाकाली नदीमा हाम फाले
दार्चुला : दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट एक पुरूषले महाकाली नदीमा हाम फालेका छन्।
बिहीबार बिहान साढे ७ बजेतिर सदरमुकाम खलंगास्थित झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार बेपत्ता पुरूषको पहिचान खुलेको छैन । के कति कारणले हाम फाले भन्ने थाहा नभएको प्रहरीले जनाएको छ। बेपत्ताको सुरक्षाकर्मी र स्थानीयले नदी किनारमा खोजी गरिरहेका छन्।
पुलबाट हाम फाल्नुअघि ती पुरुष नेपालबाट झोलुङ्गे पुल हुँदै भारततर्फ गएको र भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले पहिचान पत्र माग्दा कुनै किसिमको कागज नभएपछि उनलाई नेपाल फर्काएको स्थानीयबीच हल्ला चलेको छ।
भारतीय सुरक्षाकर्मीले नेपाल फर्काएपछि ती पुरुषले पुलको बिच भागबाट महाकालीमा हाम फालेको स्थानीयको भनाइ छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















