कमल बिष्ट, कपिलवस्तु
निजी तथा आवाशीय विद्यालयहरूको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कपिलवस्तुले हरितालिका तीजको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय तीज गीत प्रतियोगिता शिवराज ३ खरेन्द्रपुरको सुपादेउराली एग्रो एण्ड भिलेज रिसोर्ट प्रालिको हलमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले पानसमा बत्ती बालेर प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभएको हो , “संस्कार सहितको व्यवहारिक शिक्षा” शिर्षकमा आयोजित प्रतियोगितामा कपिलवस्तु जिल्लाका शिवराज नगरपालिका, बुद्धभूमि, कृष्णनगर, बाणगङ्गा, कपिलवस्तु गरी कपिलवस्तुका ५ पालिकाका १७ विद्यालयका विद्यार्थीकलाकारहरूको टिम बिच प्रतिस्पर्धी भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति पस्कदै आवर मदरल्याण्ड एकेडेमी शिवराज ५ चन्द्रौटा प्रथम, सनराइज इङ्गलिस बोर्डिङ स्कुल शिवराज द्वीतीय , ज्ञानपुञ्ज बोर्डिङ्ग स्कूल बाणगङ्गा तृतीय र पारिजात पब्लिक स्कूल बुद्धभूमिका विद्यार्थी कलाकारले सान्त्वना स्थान हासिल गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले समाज लाई सभ्य बनाउन संस्कार सहितको शिक्षा अपरिहार्य रहेको बताउदै प्याब्सनले त्यसमा महत्त्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिनिभयो, त्यस्तै शिवराज ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले विद्यार्थीहरूको कला संस्कृत प्रतिको ज्ञान र यसलाई जोगाइराख्नुपर्ने जिम्मेवारी बोध गराउन यस्ता कार्यक्रमले मद्दत पुर्याउने बताउनुभयो ।
त्यस्तै प्याब्शनका केन्द्रिय सदस्य शिवप्रसाद गैरे र कार्यक्रमका अध्यक्ष तथा प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले विद्यार्थीहरूमा शिक्षा दिनु मात्र महत्त्वपूर्ण नहुने बताउदै विद्यार्थीमा संस्कार नभए शिक्षाको औचित्य नहुने बताउदै संस्कार सहितको शिक्षा प्रदान गर्न प्याब्सन प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रतियोगिताको निर्णायकमा कलाकार पूर्णचन्द्र परियार, लोक दिहोरी गायिका सम्झना रणपाल, कलाकार सूर्य चुदाली रहनुभएको थियो ।
कार्यक्रम प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, प्याब्सन कपिलवस्तुका उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक तोयानाथ गैरेको स्वागत र प्याब्सन सदस्य सुरेन्द्र पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो ।