विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा सम्पन्न
घनश्याम भर
विजयनगर, २६ भदौ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाभित्र रहेका विभिन्न शाखागत र वडा तहले गरेका कामको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । कार्यक्रममा मंगलबार शाखा प्रमुख, वडा अध्यक्ष र कार्यक्रम संयोजकहरुले वर्षभरि गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पालिकाको सम्पूर्ण कामलाई विश्वासनीय र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । उनले पालिकाको सेवा प्रवाह चुस्तदुरुस्त र जवाफदेही हुनुपर्ने बताए । सबै शाखाका कर्मचारीले एकअर्कालाई सहयोग गरि समन्वयको पाटोलाई अगाडी बढाउन आवश्यक रहेको अध्यक्ष थापाको भनाई छ । उनले विजयनगरको प्रशासनिक कार्यहरू समयमै हुने गरेको भन्दै खुसी समेत व्यक्त गरे ।
अध्यक्ष थापाले गाउँपालिकाले सामाजिक विकासलाई जोड दिएको बताउँदै स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार ल्याउनुपर्ने आवश्यकता देखिएको बताए । राज्यको नीतिका कारणले विद्यार्थी सङ्ख्याको अनुपात तहगत र विषयगत शिक्षकहरुको अभावले शैक्षिक सुधारमा चुनौती थपिएको उनले बताए । विजयनगरलाई पूर्ण सरसफाई अभियान कार्यान्वयन गर्न सबैले लाग्नुपर्नेमा उनले जिकिर गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जिम्मेवारी पाएका व्यक्ति वा निकायले हरेक काममा नयाँपन सक्नुपर्ने बताएकी छन् । उनले राम्रो पालिका निर्माण गर्न सबैको उत्तिकै महत्त्वपूर्ण भएको बताइन् । काम गर्ने क्रममा कर्मचारीबाट भएका कमीकमजोरीलाई आगामी दिनमा सच्याएर मात्र कदम चाल्न उपाध्यक्ष चौधरीले आग्रहसमेत गरिन् ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले समयमै ढिला नगरि योजनाको काम बढाउनुपर्नेमा जोड दिएका छन् । उनले पालिकाको हरेक क्रियाकलाप तथा गतिविधिलाई अझै पारदर्शी बनाउन मातहतका कर्मचारीलाई निर्देशनसमेत दिए ।
उनले शाखाले गरेका कामलाई पारदर्शिता र जवाफदेही बनाउन शाखाले ुसमिक्षा किताबु अनिवार्य राख्नुपर्ने बताए । भौतिक संरचनामा भएको त्रृटीलाई भौतिक विकास शाखाले विशेष ध्यान दिनुपर्ने बताउँदै पालिकाबाट प्रवाह हुने सेवालाई गुणस्तरीय र सहज बनाउन रिजालले जोड दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















