काठमाडौं : पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक बिहान १० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ।

सम्मानको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल परामर्शमा रहेकाे र मन्त्रिपरिषद् बैठक बोलाएर निर्णय लिइने नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। नेता नेम्वाङको शव अहिले त्रिवि शिक्षण अस्पातलमा रहेको छ। सरकारले दिने सम्मानको बारेमा टुंगो लागेपछि त्यहाँबाट उनको शव पार्टी कार्यालय च्चासलमा आज र भोलि राखिने एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।