Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

माछाको भुरा उत्पादनमा आत्मनिर्भर बन्न सकेन गण्डकी


माछाको भुरा उत्पादनमा आत्मनिर्भर बन्न सकेन गण्डकी

गण्डकी : ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ।

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत पोखराको बेगनासमा रहेको सो केन्द्रमा मात्र माछाको ह्याचरी छ । ‘प्रदेशमा अन्यत्र माछाको स्रोत केन्द्र विस्तार हुन सकेन, निजी क्षेत्रबाट पनि ह्याचरीमा अहिलेसम्म लगानी भएको छैन’, केन्द्रका प्रमुख मोहम्मद इकवाल हुसेनले भने, ‘झण्डै ४५ प्रतिशत माछाका भुरा बाहिरैबाट आउँछ।’

किसानले चितवन, रूपन्देहीलगायत जिल्लाबाट भुरा ल्याएर माछापालन गर्दै आएका छन्। केन्द्रले वार्षिक जम्मा २५ लाख ‘ह्याचलिङ’ र २५ लाख ‘फ्राइ’ आकारका भुरा उत्पादन गर्दै आएको छ। अन्यत्र ह्याचरी नहुँदा अनुसन्धानको काममा लाग्नुपर्ने सो केन्द्र भुराको उत्पादन र बिक्रीमा पनि खट्नुपरेको हो।

केन्द्रले सरकारी दररेटमा किसानलाई विभिन्न जातका माछाका भुरा उपलब्ध गराउँदै आएको छ। केन्द्रका सूचना अधिकारी वेचनप्रसाद यादवले कमन कार्फ, ग्रास कार्फ, सिल्भर कार्फ, बिग हेडलगायत जातका माछाको भुरा उत्पादन हुँदै आएको बताए।

किसानलाई सहर, गर्दीलगायत स्थानीय जातका माछाका भुरा पनि केन्द्रले उपलब्ध गराउँदै आएको छ। ‘माछापालन विस्तार भइरहेको छ, प्रदेशमा एउटा मात्र ह्याचरी हुँदा भुराको माग धान्न सकिएको छैन’, सूचना अधिकारी यादवले भने, ‘यसमा प्रदेश सरकारको पनि ध्यान जानु जरुरी छ।’

अनुसन्धान केन्द्र सङ्घ सरकार मातहत सञ्चालित छ । प्रदेश सरकारले स्याङ्जाको मिर्मिमा स्थापना गरेको मत्स्य विकास केन्द्र नाम मात्रैको भएको यादवले उल्लेख गरे। ‘कार्यालय मात्र खोलेर हुँदैन, पूर्वाधार र जनशक्ति पनि सोहीअनुसार चाहिन्छ’, उनले भने, ‘पोखराकै स्तरमा थप ह्याचरी सञ्चालन गर्नसके गण्डकी प्रदेशलाई माछाका भुरामा आत्मनिर्भर बनाउन सकिन्छ।’

मत्स्य विकास केन्द्रको स्वामित्वमा मत्स्य फार्म तथा ह्याचरी सञ्चालनका लागि पहल थालिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। प्रदेश विकास समाधान समितिको बैठकमा पनि यो विषयलाई प्राथमिकता साथ उठाएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गृष्म न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline