काठमाडौं : नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

बुधबार पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो।

‘कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

आज दिउँसो रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा राजावादी नारा लगाउने एक व्यक्तिको आक्रमण पछि उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।