दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा, २० भदौ ।

कपिलवस्तुकाे कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कुश्मा स्थित बुद्ध शान्ति इङ्लिस बोर्डिङ स्कुलले एक कार्यक्रमका बिच विविध कार्यक्रम अन्तर्गत श्रीकृष्ण जन्माष्टमीलाई प्रमुख पर्वकाे रूपमा मनाएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई संस्कृतिकाे जर्गेर्ना गर्न यस्तो कार्यक्रमकाे आयोजना गरिएको विद्यालयका प्र.अ . नारायण प्रसाद पौडेलले बताए ।

यसरी गरिएको कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक साेचकाे बिकास हुने ,संस्कृतिकाे संरक्षण हुने पनि बताइएको छ । कृष्णाष्टमीलाई धार्मिक हिसाबले महत्त्वपूर्ण चाँडकाे रूपमा मनाउदै आएकाे विद्यालयले जनाएको छ । विद्यालयले विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै आएकाे छ । भने श्रीकृष्णाष्टमीकाे अवसरमा छात्रछात्रालाई राधाकृष्णकाे रूप धारण गराई भजनकृर्तन सहित नृत्यनाटककाे माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको थियो ।