युट्युब हेरेर बनाएको बैंक चोर्ने योजना, आपतकालिन आलार्मले बनायो विफल
पश्चिम बंगालको पुरुलियामा एउटा अचम्मको घटना बाहिर आएको छ। स्टेट बैंकमा फिल्मी शैलीमा लुटपाट गर्ने प्रयास गरेको आरोपमा प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको छ।
युट्युबमा भिडियो हेरेर अभियुक्तले बैंकमा लुट्ने योजना बनाएका थिए र प्रविधिको सहयोगमा बैंकको ढोका पनि तोडेका थिए।
ढोका तोडेर उनी एक्लै लुटपाट गर्न बैंक भित्र पसेका थिए तर त्यही क्रममा बैंकको आपतकालीन अलार्म बज्यो।
अलार्म बजाएर बैंकबाट भाग्न खोज्दा पनि उनी समातिए।
कक्षा आठ पास गरेका यी युवकको नाम समीर अन्सारी रहेको प्रहरीले जनाएको छ। उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















