एनएमबी बैंकको क्यूआर राख्दा बिना धितो बैंक नगएरै दुई लाख रुपैयाँसम्मको कर्जा
काठमाडौं । एनएमबी बैंकको क्यूआर कोड राख्दा बिना धितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउन सकिने भएको छ । बैंकले सजिलो क्यूआर कर्जा कार्यक्रम अन्तर्गत यस्तो सुविधा ल्याएको हो ।
यो सुविधा आफ्नो व्यापार तथा व्यवसायको अनलाइन भुक्तानीका लागि एनएमबी बैंकको क्यूआर कोड राख्नेहरूले मात्रै पाउने छन् । यस्तो कर्जा धितो बिना मात्र नभई छिटो, आवश्यक कागजात झन्झट बिना डिजिटल माध्यमबाटै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यसका लागि व्यवसाय एकल स्वामित्व तथा साझेदारीमा सञ्चालित व्यवसायिक कम्पनीको रूपमा रहेको हुनुपर्छ । साथै एनएमबी क्यूआरमार्फत कम्तिमा एक वर्षदेखि सक्रियता पूर्वक कारोबार गरेको र प्रमाणित केवाईसीसहित एनएमबी बैंकमा खाता समेत खोलेको हुनुपर्छ ।तर अन्य कागजात भने आवश्यक नपर्ने बैंक जनाएको छ । तीन महिनादेखि बढीमा २४ महिनासम्मका लागि यस्तो कर्जा उपलब्ध हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















