दुर्गा प्रसाद काफ्ले

चन्द्रौटा, १९ भदौ ।

कपिलवस्तु जिल्लाकाे बुद्धभुमि नगरपालिकामा नगर स्तरीय बिश्वकर्मा सामुदायिक भेला शनिबार वडा नं.२काे गाेरूसिङ्गेको अर्घाखाँची चौकमा सम्पन्न गरेको छ । गत भदौ १६ गते आयोजना गरिएको भेला मा नगरभित्र रहेका स्थानीय समाजसेवी ,बुद्धिजीवी लगाएतकाे उपस्थितिमा रहेकाे भेलाले रणबहादुर सुनारको अध्यक्षतामा १५सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

जसकाे उपाध्यक्षमा बिनिता बि.क.,सचिवमा डम्मरसिहं सुनार,स-सचिवमा किसन सुनार, काेषाध्यक्षमा सु. टेकबहादुर सुनार रहनु भएको छ भने अन्य सदस्यमा रहेका छन् । यस्तै: नव गठित समितिले अगामी असाेज २गते बिश्वकर्मा दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन प्रथम रष्टिय दिवश तथा उद्घाटन समारोह २०८० सम्पन्न गर्न विभिन्न उप समिति गठन गरि कार्य बिभाजन गर्ने गरि जिम्मेवारी बाँडफाँड गर्ने जस्ता अति महत्वोपुर्ण निर्णय लिएको छ । भेला रणबहादुर सुनारकाे अध्यक्षता,डम्मरसिङ्ग सुनारकाे सञ्चालनमा सम्पन्न भएको थियो ।