कस्तो छः १९ औं एसियाली खेलकुद हुने हाङझाउ
२३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एसियाली खेलकुद आयोजना हुँदैछ।
खेलकुद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। जुन खेलकुदको सबैभन्दा ठूलो गैर-प्रतिष्पर्धी स्थल हो। एसियाली खेलकुदमा १० हजार बढी खेलाडी, ४ हजार बढी प्राविधिक अधिकारी, ५ हजार बढी पत्रकारहरू जाने अपेक्षा गरिएको छ। खेल स्थल र गाउँमा ६ वटा रेष्टुरेण्टहरू रहेका छन्।
हाङझाउ एसियाली खेल गाउँका खानपान सेवा केन्द्र बाइट उप निर्देशक …हु छुवान्गाङ्गले एथलिट डाइनिङ हलले ८ हजार ४ सय वर्ग मिटर क्षेत्रफल ओगटेको र ४२ सय सिटहरू रहेको बताए। एसियाली खेलको बेलामा यो बिहान ५ बजेदेखि १ बजेसम्म घण्टा चल्नेछ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















