कुन्दनराज काफ्लेले दिए बागमती प्रदेशको प्रमुख सचेतकबाट राजीनामा
काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन्।
काफ्लेले आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी संसदीय दलका नेता बहादुरसिंह लामालाई दिएको बताएका छन्।
काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















