शिवराज नगरपालिकाले दिउँसो १ बजेदेखि शैक्षिक संस्थालाई विदा दिएको छ । शिवराज नगरपालिकाले बुधबार दिउँसो ३:१५ बजेदेखि सुरु भएको एसियाली कप क्रिकेट खेल हेर्नको लागि विदा दिएको हो ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले एक सूचना जारी गरी नगरपालिका अन्तर्गतका संस्थागत तथा सामुदायिक विद्यालयलाई विदा दिएको छ । नेपाली क्रिकेट टिम एसियाली कपमा सहभागिता जनाउनु तथा भारत र जस्ता शक्तिशाली टोलीसँग प्रतिस्प्रर्धा गर्नु गौरवको कुरो भएको र विद्यार्थीमा खेल भावनाको विकास तथा प्रोत्साहन हुने भएकोले नगरपालिकाले विदा दिएको सो सूचनामा उल्लेख छ ।

नेपाली खेलाडीलाई हाैसला बढाउनको लागि नगरपालिकाले विदा दिने निर्णय गरेको नगरप्रमुख थापाले बताए ।