इन्जिनियरिङ अध्ययन संस्थानको बढेको शुल्क फिर्ता
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले चौतर्फी विरोध भएपछि शुल्क वृद्धि फिर्ता लिएको छ। शुल्क वृद्धि फिर्तापछि आन्दोलनरत पक्षले पनि सबै आन्दोलन फिर्ता लिएको छ।
‘इन्जिनियरिङ्ग अध्ययन संस्थानले हाल वृद्धि गरेको शुल्क फिर्ता लिने,इन्जिनियरिङ्ग विषय अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्तार हुने गरी कर्णाली र मधेश प्रदेशमा श्रोत,साधन सम्पन्न क्याम्पसहरू स्थापना गर्न प्रकृया अगाडि बढाउने,’सहमति पत्रमा उल्लेख छ।
इन्जिनियरिङ अध्ययन संस्थानको विद्यमान आर्थिक शंकटलाई समाधान गर्न इन्जिनियरिङ्ग अध्ययन संस्थान भित्र सर्वपक्षिय समिति बनाई विभिन्न विकल्पमा छलफल गरी समाधान गर्ने पनि सहमति भएको छ।
चौतर्फी विरोधपछि बिईको रोकियो प्रवेश परीक्षा, डिनले भन्यो : वार्तामा आउनू
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले भदौ ५ गते इन्जिनियरिङको स्नातक तह(बिई)मा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याइएको शुल्क सार्वजनिक गरेको थियो। तर,उक्त शुल्क अस्वाभाविक रूपमा बढाइएको भन्दै यसको चौतर्फी विरोध भएको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















