सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय
काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार छ सय तोकिएको छ।
साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार ५० तोकिएको छ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















