जुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं : जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कनकासुन्दरी गाउँपालिका–४ गोडिज्यूलाबाट मुगु जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप आइतबार बिहान पौने ७ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए।
जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। जीपमा चालक र सहचालक मात्रै रहेको प्रहरीले जनाएको छ। दुवैजनाको सनाखत हुन बाँकी रहेको कार्कीले बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















