सितोरियो कराते संघ लुम्बिनीको प्रदेश अधिबेशन सम्पन्न
नवराज पौडेल
कपिलवस्तु, १६ भदौ ।
सितोरियो कराते संघ लुम्बिनी प्रदेशको अधिबेशन सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा शनिबार राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेश प्रमुख बलराज नेपाली अध्यक्षतामा सप्पन्न बैठकले सन्तोष सिंहको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरेको छ जस्को उपाध्यक्षमा जित बहादुर चौहान, कृष्ण कुमार घर्ती मगर, सचिवमा मोहलाल थापा मगर, कोसाध्यक्षमा सुनिता सुनार थारु,सदस्यमा मधुसूदन घर्तिमगर, सरिफ खा,महेश कुमार गुप्ता, नवराज पौडेल, सरिता सुनार,नमराज राना मगर, सुशील थारु निर्वाचित भएका छ्न । यसैगरि सितोरियो कराते संघ लुम्बिनी प्रदेशको बैंककले सात सदस्यीय केन्द्रिय प्रतिनिधि छनोट गरेको छ ।
जस अनुसार पदम बहादुर बस्नेत,रामु सुनार, कृष्ण देबकोटा, रिना राना,हरि बहादुर घर्ती,प्रेम बहादुर राना, र खुम बहादुर ब्याम्बो चयन हुनुभएको छ । नेपाल सितोरियो कराते संघको परिपत्र अनुसार लुम्बिनी प्रदेश भित्रका १२ ओटै जिल्लाका सिनियर कराते खेलाडी तथा प्रशिक्षकहरुको सहभागीतामा सम्पन्न बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सदस्य सचीव जय प्रकाश भट्टराईले नेपाल सितोरियो कराते संघको परिधिभित्र रहि काम गर्न आग्रह गर्दैआगामी दिनमा कराते खेललाइ वडा स्तर बाटै बिकास गर्दै जानू पर्ने बताउदै प्रदेश समितिमा निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना अर्पण गर्नुभयो ।
कार्यक्रममा नेपाल कराते महासंघका केन्द्रिय सदस्य अमिर राइ, कमला राना, नेपाल कराते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेत, प्रदेश सचिम रामु सुनार, बाकेका मुख्य प्रशिक्षक कृष्ण बहादुर चौधरी,रुपन्देही जिल्लाका मुख्य प्रशिक्षक माधब जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुका कार्यालय प्रमुख मीन प्रसाद पोख्रेल, घिमिरे, कपिलवस्तु जिल्लाकाका कराते प्रशिक्षक हेमन्त श्रेष्ठ लगाएत १२ वटै जिल्लाका सिनियर कराते खेलाडी तथा प्रशिक्षकहरुको आतिथ्यता रहेको कार्यक्रम मीन प्रसाद पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















