एसिया कप : यी हुन् पाकिस्तानविरुद्ध खेल्ने ११ खेलाडी
काठमाडौं : एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । टस हारेर पहिला फिल्डिङ गर्न लागेको नेपालको प्लेइङ–११ सार्वजनिक गरेको छ।
जसमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख आरिफ शेख, कुशल मल्ल, र दीपेन्द्रसिंह ऐरी रहेका छन्। त्यस्तै गुल्सनकुमार झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी प्लेइङ सेटमा छन्।
पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपाल पहिला बलिङमा तानिएको हो । दुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















