भुवनेश्वरी माविमा अनेरास्ववियुकाे अध्यक्षमा राेहन केसी
विजयनगर, १२ भदौ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका –३ जगदीशपुरमा अवस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गठन गरिएको छ । प्लस टुमा अध्ययनरत विद्यार्थीहरुको कमिटी गठन गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियुको भेलाले राेहन केसीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । केसीको नेतृत्वमा २५ सदस्य भुवनेश्वरी मावि अनेरास्ववियु कमिटी गठन गरिएको अनेरास्ववियु विजयनगर गाउँ कमिटीकी सचिव अनुपा खड्काले जानकारी दिइ्न ।
जसको उपाध्यक्षमा मिरा चाैधरी, आशिष कुमार चाैधरी, सचिवमा प्रमिला गुरुङ, सह–सचिवमा सन्दीप कुमार गुप्ता, पूर्णिमा श्रेष्ठ र कोषाध्यक्षमा अनुज गुप्ता गरि २५ सदस्य भुवनेश्वरी मावि अनुरास्ववियु कमिटी गठन गरिएको छ ।
अनेरास्ववियुले विजयनगर गाउँपालिकामा कमिटी गठन प्रक्रियालाई तीव्र रुपमा बढाएको छ । विजयनगरका सबै माविहरुमा अनेरास्ववियु कमिटी गठन गरि विद्यार्थीका समस्या र शैक्षिक मुद्धालाई अघि सार्ने अनुरास्ववियु गाउँ कमिटीका अध्यक्ष उपेन्द्र कँहारले बताए ।
कार्यक्रममा अनेरास्ववियु जिल्ला सह-सचिव अर्जुन बेल्बासे, काेषाध्यक्ष बिष्णु थापा, ७ नम्बरका वडा अध्यक्ष दिनेश कुमार चाैधरी, नेपाल आदर्श बहुमुखी क्याम्पसका सभापति राम कुमार तेली, नेपाल आदर्श बहुमुखी क्याम्पस अनेरास्ववियु कमिटी सचिव केशब बेल्बासे, अनेरास्ववियुका सक्रिय विद्यार्थी नेता लक्ष्मी कार्की, पवन क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















