बुटवलमा आज समाजवादी मोर्चाको घोषणासभा, प्रचण्ड पनि जाने
काठमाडौं : सत्तारुढसहित चार दल सम्मिलित समाजवादी मोर्चाले मंगलबार लुम्बिनीको बुटवलमा घोषणासभा आयोजना गर्दैछ। दिउँसो १ बजे हुने सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चामा आबद्ध तीन दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।
जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव भने कार्यव्यस्तताका कारण कार्यक्रममा सहभागी नहुने एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले ८ गते मधेस प्रदेशको वीरगञ्जमा घोषणा सभा गरिसकेको छ।
मोर्चाले बुधबार सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने निर्णय गरेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















