एशिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने पाकिस्तान गए
काठमाडौं : लेग स्पिनर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्न आज पाकिस्तान गएका छन्। नाबालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुङ्गो लागेको थिएन।
हिजो जिल्ला अदालत काठमाडौंमा उनी विरुद्धको मुद्दाको पेशी हेर्न नभ्याईनेमा राखेपछि र अर्को पेशी भदौ २१ गतेलाई तोकेपछि उनी आज गएका हुन्। आज विहानसाढे ११ बजे कतार एरलाइन्सबाट दोहा हुँदै गएका सन्दीप पाकिस्तानको मुल्तान पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
भदौ १३ गतेबाट सुरु हुने एशिया कपमा नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग उसैको भूमि मुल्तानमा खेल्नेछ। यसपछि उतैबाट श्रीलंका पुगेर नेपालले भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ। नेपाल, पाकिस्तान र भारत समूह ए मा छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























