१९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक तयार
हाङचाउ : पूर्वी चीनको चच्याङ प्रान्तको हाङचाउ शहरमा हुने १९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक खटिने भएका छन्।
आयोजक समितिका अनुसार हाङचाउ एशियाली खेलकुद र एशियाली पारा खेलकुदका लागि स्वयंसेवकहरू अधिकांश चच्याङका ४६ वटा विश्वविद्यालयका विद्यार्थी प्रतिस्पर्धा संगठन र व्यवस्थापनमा, विदेशी भाषा अनुवाद, चिकित्सा सेवामा कार्यरत कर्मचारी र अन्य ४ सय जना स्वयंसेवक छन्।
उनीहरूले प्रतिस्पर्धा सञ्चालन, दर्ता र प्रमाणीकरण, भाषा अनुवाद गर्न सहयोग गर्ने बताएका छन्। उनीहरूलाई केही महिनायता विभिन्न तालिम दिइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























