राम अवतार चौधरी
चन्द्रौटा, ९ भदौ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले छाडा चौपाया अर्थात गाई मानवका लागि बरदान सावित गर्ने बताएका छन् । जिल्लाको बुद्धभुमी नगरपालिकामा शनिबार आयोजित छाडा चौपाया व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

चौपायाको व्यवस्थापन आम्दानीसँग जोडेर बरदान सावित गर्ने जनाउँदै मानव जिवनमा नितान्त आवश्यक दुध, मलमूत्र लगायत केमिकलयुतm खाना खानुभन्दा प्रांगणिक मलखाद खेतबारीमा प्रयोग गरी स्वच्छ खानपान प्रयोग गर्न आग्रह समेत उनले गरे । प्रदेश सरकार छाडा चौपायाको दिगो व्यवस्थापनका लागि तत्काल विकास समिति बनाई अघि बढाइने मुख्यमन्त्री चौधरीले बताए ।

विकास समितिले छाडा चौपायाको समस्या समाधान गर्ने बताउँदै प्रदेश स्तरीय विकास समितिमा लुम्बिनी प्रदेशका १०९ वटै पालिकाका प्रमुखलाई सदस्य बनाई चौपायाको दिगो व्यवस्थापनमा अघि बढाइने उनको भनाई छ । “छाडा चौपायामा गाई बढी समस्या भएको हुँदा गाईलाई उत्पादनसँग जोडेर प्रदेश सरकार अघि बढ्ने छ । चौपाया व्यवस्थापनका लागि विज्ञ टोली खटाई तत्कालै व्यवस्थापन कार्य सुरु गरिनेछ ।” ः मुख्यमन्त्री चौधरीले भने ।

यसैबीच प्रदेश सभा सदस्य तथा पूर्व स्वस्थ्यमन्त्री विष्णु पन्थीले जिल्लामा छाडा चौपाया व्यवस्थापन मुख्यचुनौतीको रुपमा रहेकाले यस विषयमा लुम्बिनी प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए । यस्तै बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पशु चौपायाले धानबाली सखाप बनाएको हुँदा समस्या तत्काल समाधान गर्नुपर्नेमा बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले छाडा चौपाया गाईलाई रोजगारीसँग जोडिएर पायक पर्ने स्थानमा तारबार गरी दीर्घाकालिनरुपमा योजना बनाई दुध, मलखाद लगायत उत्पादनमूलक क्षेत्रसँग जोडन सुझाएका थिए ।