चन्द्रौटा, ९ भदौ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटा दुर्गा मन्दिरमा शनिबार एक दिने निशुल्क दन्त शिविर संचालन हुने भएको छ । रोट्रयाक्ट कल्ब अफ कपिलवस्तुको आयोजना, रोटरी क्लब अफ कपिलवस्तुको सह आयेजनामा निःशुल्क दन्त शिविर हुन लागेको आयोजकले जनाएको छ ।

निदान डेन्टल क्लिनिक शिवराज–५, चन्द्रौटाको प्राविधिक सहयोगमा हुन लागेको दन्त शिविरमा दात सम्बन्धित बिरामीले सम्पर्क गरि मौकाको फाइदा लिनुहुन आयोजकले आग्रह गरेको छ ।

विहान ९ बजे देखि सुरुहुने शिविरमा निःशुल्क ओ.पि.डि सेवा, निःशुल्क दन्त परीक्षण तथा परामर्श, सामान्य दांत निकाल्ने सेवा, अस्थाई सीमेन्ट भर्ने, निःशुल्क औषधि वितरण सेवा तथा शिविरमा आएका बिरामीलाई दांत सम्बन्धि जुनसुकै उपचार गर्नु परेमा २० प्रतिशत छुट हुने निदान डेन्टल क्लिनिकले उपचार गर्ने सञ्चालक धुब्र मिश्रले जानकारी दिए ।