राष्ट्रिय युवा संघ नेपाल विजयनगरकाे अध्यक्षमा ताैलेश्वर खटिक
घनश्याम भर
विजयनगर, ८ भदौ ।
राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीकाे अध्यक्षमा ताैलेश्वर खटिक चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा संघकाे अध्यक्ष पदमा ताैलेश्वर खटिक चयन भएका हुन् ।
शुक्रबार राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँपालिकाकाे दाेस्राे युवा भेला तथा अधिवेशनबाट सर्वसम्मत रुपमा ताैलेश्वर खटिकलाई अध्यक्ष पदमा चयन गरिएको हाे । खटिककाे नेतृत्वमा ४० सदस्यीय राष्ट्रिय युवा संघ विजयनगर गाउँ कमिटी गठन गरिएको छ ।
जसकाे उपाध्यक्षमा गीता विश्वकर्मा, सचिवमा सुरेन्द्र चाैधरी, सह-सचिवमा समिम मुसलमान र काेषाध्यक्षमा तेज बहादुर पुन गरि ४० सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।
नेकपा एमाले जिल्ला इन्चार्ज खिमलाल भट्टराईले देश युवाकाे काँधमा आएकाे बताएका छन् । उनले युवाले नै देशमा परिवर्तन ल्याउने बताउँदै गठित भएर समाज सेवाकाे भावले नेतृत्व गर्नुपर्ने आवश्यकता रहेकाे बताए ।
देशलाई समृद्धि, सुशासन, राेजगार र उद्यमी बनाउन युवाले आफ्नो सिर्जनशील भूमिमा निर्वाह गर्नुपर्नेमा उनले जाेड दिए । समृद्ध र सुखी नेपालीकाे आकांक्षा नेकपा एमालेले मात्र पुरा गर्न सक्ने दावी गर्दै एमालेलाई अझै बलियो बनाउन सम्पूर्ण युवालाई लाग्न इन्चार्ज भट्टराईले आग्रहसमेत गरे ।
कार्यक्रममा पशुपक्षी विभाग प्रमुखका गिरधारीलाल न्याैपाने, जिल्ला उप-सचिव अर्जुन कुमार केसी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य धनु अधिकारी, राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज टाेपलाल पाेख्रेल, विजयनगर गाउँपालिका इन्चार्ज गाेपाल बहादुर थापा लगायतले सम्बाेधन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















