नवराज पौडेल चन्द्रौटा, ८ भदौ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा नेपाल सितोरियो कराते संघको समिती गठन गरिएको छ । नगरका सिनियर कराते खेलाडी शुसाङ्क रासकोटीको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरिएको हो । जसको उपाध्यक्षमा असोक थारु,सचिवमा दिलसन पुन, कोषाध्यक्षमा तृप्ती बुढाथोकी, सदस्यमा शिव सारु, तृष्णा बुढा थोकी,मुना सारु मनिषा नगरकोटी,जैसरा गरन्जा, करुणा खड्का लगाएत चयन भएका छन् । नेपाल कराते महांसघ कपिलवस्तुका सचिव नवराज पौडेलको संयोजकत्वमा सम्पन्न बैठकले रामु सुनारको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समीती समेत चयन गरेको छ जस अनुसार सिनीयर कराते खेलाडी सागर पुन, मान बहादुर बि.क, यज्ञराज थारु,नवराज पौडेल लगाएत संघमा चयन भएका पदाधिकारीलाई नेपाल कराते महांसंघ लुम्विनी प्रदेशका सचिव रामु सुनारले सितोरियो कराते संघको नियम परिधी भित्र रही काम गर्न सुझाव दिंदै सफल कार्याकालको शुभकामना व्याक्त गर्नु भएको थियो ।