‘प्याज र गोलभेंडा किन्न सकिन्न, उपभोक्ताले नै खपत घटाउनुपर्छ’
काठमाडौं : नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताएका छन्।
महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरुले राष्ट्रिय हितका लागि भए पनि प्याज खपत कम गर्नुपर्ने बताएका हुन्।
उनले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरुले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत केटौती गर्नुपर्ने बेला आएको बताए।
उनले आम नेपाली उपभोक्ताले राष्ट्रिय हितको लागि भए पनि सोच्नुपर्ने बेला आएको बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले विश्व वजारमा प्याज अभाव भइरहेको बेला ९० प्रतिशत वस्तुहरु आयात गर्ने देशले प्याज लगायातका वस्तुलाई खपत कम गर्ने अभियान चलाउन आवश्यक देखिएको बताउनु भयो। उहाँले सरकारले पनि प्याज तथा गोलभेंडा जस्ता तरकारीजन्य कृषि उपजका वस्तुहरु आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताए।
उनले विश्व बजारबाट आयात हुने वस्तु प्रतिबन्ध हुँदा आन्तरिक खपतको लागि आवश्यक उपाय राज्यले सोच्नुपर्ने बताए। उनले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तुहरुको आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन समस्या भइरहेको भन्दै स्थिर नीति आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘विश्व बजारमा अभाव भइरहेको बेला, चरम आर्थिक मन्दी भइरहेको बेलामा धेरैजसो ९० प्रतिशत इम्पोर्ट गर्ने वस्तुलाई खपत कम गरौँ, उपभोग कम गरौं भन्न सकिन्छ। प्याज खपतलाई कम गर्न आम उपभोक्ताले पनि संयमता अपनाएर अलिकति कम खपत गरिदिनुभयो भने देशको लागि र आन्तरिक उत्पादनलाई जोड दिनुपर्छ।’
उनले विश्व बजारमा नै प्याजको मूल्यवृद्धि भएको भन्दै मूल्य घटाउने उपाय नभएको बताए। उनले प्याज आयातमा असहजता रहेकाले पनि प्याजको मूल्यवृद्धि उच्च रूपमा भएको बताए। उनले कालोबजारी बढ्ने खतरा भए पनि अहिले व्यवसायीहरुले गोदाममा समेत प्याज नभएको बताउने गरेको उल्लेख गरे।
उनले भने, ‘विश्व वजारमा नै प्याजको मूल्य बढेको छ। यसको खपतलाई अलिकति न्युन गरेर खपत घटाउने विषयमा छलफल गर्नुपर्छ। भारतको उत्पादन क्षेत्रबाटै बढेकोले अरु घटाउने उपाय त छैन। प्याजको मूल्य अस्वभाविक रुपमा बढ्यो भन्नुको अर्थ के हो भने भारतले पनि जुन समयसम्म सामान्य रुपमा निर्यात गथ्र्यो। एक्स्पोर्ट गर्ने उसलाई बन्द गर्न ४० प्रतिशत थप ड्युटि चार्ज लगाएको छ। त्यसले गर्दाखेरी सहज रुपमा आउन सकेको अवस्था छैन।’
उनले बजारमा कृषिजन्य वस्तुहरुको मूल्यवृद्धि उच्च हुँदा मुलुकमा आयात नगर्ने नीति राज्य बनाउन आवश्यक रहेको बताए। उनले उनले व्यावसायिक सहजताको लागि राज्यको नीतिगत व्यवस्था राम्रो हुन आवश्यक रहेको बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















