रुपान्तरणीय सामाजिक परिचालन तालिम सम्पन्न
कपिलवस्तु, ७ भदौ ।
स्थानीय अधिकार कार्यक्रमका कर्मचारीहरुको सामाजिक परिचालन क्षेत्रमा पहुँच बढाउने उद्देश्यले रुपान्तरणीय सामाजिक परिचालन तालिम दिइएको छ । स्थानीय अधिकार कार्यक्रम कपिलवस्तु, बर्दिया र धदिङका २० जना कर्मचरीहरुलाई ३ दिने तालिम दिइएको जनाईएको छ ।
तालिम एक्सनएड नेपालको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया र एकिकृत सामुदायिक विकास अभियान नेपाल धादिङको संयुक्त आयोजनामा संचालन गरिएको हो । तालिमले स्थानीय अधिकार कार्यक्रमका कर्मचारीहरुको सामाजिक परिचालन सम्बन्धि क्षमता अभिबृद्धि गरी समुदायमा रहेका विपन्न, गरिब, बालबालिका, महिला, युवा तथा सिमान्तकृत परिवारको अधिकार सुनिश्चित गर्न सक्षम बनाउने उद्देश्यले संचालन गरिएको विकास केन्द्रले जनाएको छ ।
केन्द्र कपिलवस्तुका अध्यक्ष सुर्य कुमारी शाहीले अधिकारको पहुँचमा नरहेका समुदायको अधिकार स्थापित गर्न निरन्तर रुपमा संगठित भएर लाग्नु पर्ने बताईन । तालिम लिए पश्चात समूह निर्माण गर्न, अधिकारका लागि वकालत गर्न, योजना निर्माण गर्न, समुदायमा गरिने व्यवहार एंव प्रस्तुतिकरणमा फरकपन आउनु पर्नेमा जोड दिइन । अधिकार प्राप्त गर्नका लागि गरिने हरेक आन्दोलनमा आफु र संस्था सँगसँगै रहने बताईन ।
यसैबीच एकिकृत सामुदायिक विकास अभियान नेपाल धादिङ (स्थानीय अधिकार कार्यक्रम, संयोजक) रमेश अधिकारीले सरकारले हरेक समुदायका लागि सुनिश्चित गरेको अधिकारमा पहुँच बढाउन सामाजिक परिचालकहरुको भुमिका अहम रहने बताए । तीनवटा सरकारसँग आप्mना अधिकार स्थापित गर्न आप्mनो आप्mनो तहतप्काबाट लाग्नुपर्नेमा उनले जोड दिए । यस्तै राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया (स्थानीय अधिकार कार्यक्रम, संयोजक) जितराम चौधरीले विपन्न, गरिब, थारु तथा सिमान्तकृत समुदायका छोराछोरीहरु सामुदायिक विद्यालयमा सहज पहुँचबाट बन्चित हुनु परेको बताउँदै उच्च शिक्षा लागयत सेवासुविधामा सतप्रतिशत अवसर दिनुपर्नेमा जोडदिए ।
एक्सनएड नेपालका शिक्षा तथा युवा विज्ञ देवेन्द्र सिंहले तालिममा सहभागि भएकाहरुले आवाजविहिनहरुले आवाज उठाउन गाँउवस्तीसम्म गएर काम गर्नु उनले सुझाए । अधिकार बिहिनहरुको समस्या पहिचन गरी समस्याको समाधान गर्न युवा र महिलाको सहभागिता अनिवार्य गरिनुपर्ने बताउँदै रुपान्तरणीय विकासमा सामाजिक परिचालकको भुमिका अहम रहनेमा जोडदिए ।
रुपान्तरणीय सामाजिक परिचालन तालिम एक्सनएड नेपालका कार्यक्रम अधिकृत प्रेम चौधरी तथा सुनिता तिवारीले सहजीकरण गरेका थिए । संचालन सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु (स्थानीय अधिकार कार्यक्रम, संयोजक) अजय चौधरीले गरेका थिए । भदौ ४ देखि ६ गते सम्म लुम्बिनीमा भएको तालिमका सहभागीलाई आगामी योजना समेत दिइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















