ललिता निवास र सुन काण्डमा सरकारले सिआइबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न दिएन : योगेश भट्टराई
ललिता निवास र सुन काण्डमा सरकारले सिआइबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न दिएन : योगेश भट्टराई
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी काण्ड र ललितानिवास प्रकरणमा सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई स्वतन्त्रपूर्वक काम गर्न नदिएको आरोप लगाएका छन्।
आज बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रहरीलाई सरकारले ठिक तरिकाले काम गर्न नदिएको दावी गरे । उनले भने, ‘जब ललितानिवासमा सीआइबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ, जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ वा युर्टन हुन्छ, अनि हामीलाई झस्का पस्यो ।’
गठबन्धनकै नेताका कारण सिआइबीको स्वतन्त्र छानबिनमा ब्रेक लागेको पनि उनले बताए । सुन काण्डमा पनि त्यस्तै भएको उनले बताए । अदालत, प्रहरीले स्वतन्त्रतापूर्वक काम गर्दागर्दै पनि सरकारका कारण समस्या आएको बताए ।
उनले ढिलै भए पनि सरकार सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्न तयार हुनु सकारात्मक भएको बताए । तमाम विधेयकहरु सदनमा आउन बाँकी रहेकाले अब नेकपा एमाले सबै प्रक्रियामा सहभागि हुने पनि बताए । काेशी प्रदेशमा भएकाे घटना संविधानकाे ठाडाे हस्तक्षप भएकाे पनि उनले बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















