मोरङ :बुढिगंगा गाउँपालिका-१ मिलन चोकस्थित सडकमा ब.१ प ६०१८ नम्बरको सेनम्यारी बोर्डिङ स्कुलको बसको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-१ मिलन चोक बस्ने खोटाङ चित्रुङ तुईचुङवा नगरपालिका घर भएका प्रदीप परियारको छोरा १२ वर्षीय सन्देश सुनामको मंगलबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।