कोशी प्रदेश : एमाले र राप्रपाको विरोधपछि बैठक स्थगित
विराटनगर : कोशी प्रदेशसभाको बैठक एमाले र राप्रपाले बहिष्कार गरेपछि स्थगित भएको छ। आज बसेको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए।
सोहीक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधानविपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए।
उनले सभाध्यक्षले अरू पनि गैरसंवैधानिक कार्य गर्नसक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए। त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो।
प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















