त्रिशूली दुर्घटना : प्रधानमन्त्रीद्वारा दुख व्यक्त, उद्दार कार्य प्रभावकारी बनाउन निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्।
प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएका छन्।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस बुधबार बिहान अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको छ ।
उक्त दुर्घटनामा ८ यात्रुको मृत्यु भएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















