काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो
काठमाडौं, ६ भदौ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
‘भर्खरै खसेको भन्ने सूचना आएको छ । उद्धार कार्य भइरहेको छ’, उनले भने ।
क्षतिको विवरण आइसकेको छैन।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























