भक्तपुर : सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा बुधबार मन्दिरका चारै ढोका खुला भएको छ। साथै भक्तजनले शिला छोएर पूजा गर्न पाउनेछन्।

डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोका खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था मिलाएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए।

समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्ने व्यवस्था मिलाउँदै आएको छ ।

मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला बुधबार समापन हुँदैछ। यो दिन डोलेश्वरको विशेष पूजाअर्चना गरी मेला समापन गरिँदै आएको महासचिव बस्नेतले बताए।