विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी कोशी प्रदेशका संसदीय दलका नेता राजेन्द्रकुमार राईले उपसभामुख सिर्जना दनुवारले शंकास्पद भूमिका खेलको बताएका छन्।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छफलमा बोल्दै राईले यस्तो बताएका हुन्।

मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश्वासको मतको लागि समय तोक्ने काम उपसभामुखले संघ र प्रदेशभर नै पहिलोपटक गर्नु सामान्य कुरा नभएको बताए।

उनले संसारको कुनै पनि संसदीय अभ्यासमा नभएको कुरा गर्नुमा के उद्देश्य थियो? भन्ने प्रश्नसमेत गरे।

उपसभामुखले सभाध्यक्ष गर्न नसकेको अवस्थामा ज्येष्ठ सदस्यले अध्यक्षता गर्नुपर्नेमा कार्यालय समय समय सकिँदा पनि अघिल्लो दिन ९ जनाले बिदाको चिठी लेखेको उनले बताए। यो बिदाको नाटक मञ्चन गरेर मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन असुविधा बनाउने मनसाय रहेको उनको भनाइ थियो।

सरकार बनाउने कुरा बलजफ्ती र जालसाजी नभएको बताउँदै उनले यो सांसदको संख्याले निर्धारण गर्ने कुरा भएको उनले। उनले निर्वाचित उपसभामुखको विरामको बारे मेडिकल रिर्पोटले स्पष्ट पार्ने बताए।

‘निर्वाचित उपसभामुखज्यूका दु:ख विमारको बारेमा भोलि मेडिकल रिपोर्ट अस्पतालले त्यसको बारेमा स्पष्ट पार्ला तर केही शंकास्पद गतिविधि कार्यहरु उपसभामुखबाट भएकोले यो बिरामी बहानाबाजी नाटक तोइन?,’ उनले प्रश्न गर्दै भने, ‘शंका गर्न सकिन्छ प्रश्न उठाउन सकिन्छ। खासगरी मुख्यमन्त्रीले विश्वासको मत लिने भने प्रक्रियामा उहाँको अनुकूलतामा जहिले चाहनुहुन्छ त्यतिबेला सभामुखले वा उपसभामुखले व्यवस्था गर्ने हो।’