केरसिंह अदै
चन्द्रौटा, ४ भदौ ।

अखिल नेपाल महिला संघ शिवराज नगर समिति को दोर्सो भेला खरेन्द्रपुरमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघकी जिल्ला सहसचिव बिनिता अदैको अध्यक्षतामा र अखिल नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष अम्बिका पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उनले महिलाहरु परिवर्तनको लागि अगाडि बढ्नु पर्ने बताईन् ।

नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनमा महिला हरु को भुमिका महत्वपुर्ण रहेको उनले जिकिर गरिन । कानुनमा महिलाहरुको सीमित अधिकार लेखिएपनि व्यवहारमा विभेद कायम रहेको बताउँदै व्यवस्था परिवर्तनसँगै अधिकारपनि सुनिश्चित हुने जनाईन । भेलालाई सम्बोधन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लकर केरसिंह अदैले महिला मुक्ति आन्दोलन लाई वर्गीय मुक्ति आन्दोलनसंग सँगै लैजानु पर्ने बताए ।

यो व्यवस्थामा सीमित अधिकार पाएपनि वास्तविकरूपमा महिलाहरुले मुक्ति पाएका नपाएको उनको भनाई छ । सम्पतिमा समान हक र सम्बन्ध विच्छेदको अधिकारको लागि एक हुनुपर्ने बताए । उनले महिलाहरु घरेलु हिंसा, यौनजन्य हिंसा, अन्धविश्वासबाट पीडित भएको बताए । उनले राष्ट्रिय राजनीति को बारेमा प्रकाश पारेका थिए । भेलाले वेलौता विकको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल महिला संघ शिवराज नगर समिति चयन गरिएको छ ।

जसअनुसार अध्यक्षमा बिनिता अदै, सचिबमा राधिका भुसाल, सहसचिवमा यशोदा नेपाली, कोष अध्यक्षमा टिक माया भण्डारी, सदस्यहरुमा कल्पना सुनार, इन्द्रकला खनाल, सुशीला खनाल, गिता आचार्य, चुमाला भण्डारी, हरिकला खड्का, वैकल्पिक सदस्यमा सोनिया चौधरी,कमला बुढा मगर र सल्लाहकारमा भिउसरी विक, देवा जिसी, विमला गौतम, तुलसा बोहरा रहेको अखिल नेपाल महिला संघ शिवराज नगर समितिले जनाएको छ ।