संसद्को अवरोध हटाउनेबारे प्रधानमन्त्रीले बोलाएको छलफल सुरु
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूसँग बोलाएको छलफल सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध हटाउन राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल थालेका हुन्।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी छन्।
सुन तस्करीको विषयमा छानविन समितिको मागसहित साउन १० यता नेकपा एमालेले लगातार रूपमा सदन अवरोध गर्दै आएको छ।
लामो समयदेखि सदन अवरोध हुँदा सदनमा सांसदहरूले जनताका आवाज उठाउन पाएका छैनन् भने संसद्ले गर्नुपर्ने विभिन्न कानुनी र प्रक्रियागत कामहरू पनि रोकिएका छन्।
अवरोध हटाउने सहमति गरेर आजै दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक चलाउनुपर्नेमा नेताहरूको जोड छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















