काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको पाेलिटब्युरो बैठक जारी छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा जारी बैठकमा १०३ जना पोलिटब्युरो सदस्य उपस्थित रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा वर्तमान राष्ट्रिय विषय, संगठन सुदृढीकरणको रिपोटिङ, पार्टीका सैद्धान्तिक वैचारिक सवाल, पार्टीको संगठनात्मक अवस्था, पार्टीको आन्तरिक समस्या आगामी कार्ययोजना अन्तर्गत संगठनात्मक अभियान, महाधिवेशन र नेतृत्वलाई सुझाव दिने कार्यसूची रहेको छ।