काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिआइबीलाई ललितानिवास प्रकरणमा अपूरो र अधुरो फाइल सरकारी वकिलको कार्यालयमा नबुझाउन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत आरोपितको बयानबिना नै फाइल पेस नगर्न अनुरोध गरेका हुन्। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै यो प्रकरणमा केही न केही ठूलो गडबडी रहेको लेखेका छन्।

उनले लेखेका छन्, ‘सिआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयानबिनाको अपूरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ।‘

आइतबार सिआइबीले उक्त प्रकरणको फाइल पेस गर्दैछ।