कपिलवस्तु, ३ भदाै ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरले ३ लाख ६० हजार बराबरको भन्सार छलिको सामान गाडीसहित नियन्त्रणमा लिएको छ ।

पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २ हजार ४ सय अन्दाजी ३ लाख ६० हजार बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौतर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र. नि. लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराजगन्ज नगरपालिका वडा नम्बर ५ कन्चनियाबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौ महानगरपालिका वडा नम्बर २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बरको निसान कम्पनीको डबल क्याप गाडीमा १५ लाखसमेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताए ।