एकीकृत समाजवादीको सचिवालय बैठक जारी
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरु भएको छ। शनिबार केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी रहेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेन्डा तयारीबारे छलफल हुने बताइएको छ।
नेकपा एसको पोलिटब्युरो बैठक भदौ ३ र ४ मा, केन्द्रीय कमिटी भदौ ५, ६ र ७ गतेका लागि निर्धारण गरिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















