मल वितरणमा सहकारीले बदमासी गरे : मन्त्री भुसाल
काठमाडौं : कृषि तथा पशुपंछी विकास मन्त्री वेदुराम भुसालले सहकारीले मल वितरणमा बदमासी गरेको बताएका छन्।
शनिबार नेकपा एकीकृत समाजवादी पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारले दिएको सहुलियतको मललाई सहकारीले महंगो मूल्यमा बेचेर बदमासी गरिरहेको बताएका हुन्।
‘चार लाख ७८ हजार मेट्रिक टन मल ल्याउने योजना बनाएका थियौं। चार लाख ३० हजार मेट्रिक टन ल्याइसकेको छ। बाँकी भदौको १५ भित्र आइसक्छ । कतैकतै समस्या देखिएको थियो। हामीले समय दिएपछि ठीक ठाउँमा आएको छ। मल ल्याउने व्यवस्था ल्याएका छौं। तर, भित्र भित्र सरकारले काम गरेन भन्ने पार्नका लागि नाफाखोर। नाफाखोरमध्ये सहकारी पनि हो,’ उनले भने, ‘सबै सहकारी गतिला छैनन्। सरकारले ल्याएको मल प्रदेशको कोटाअनुसार प्रदेशमा पठाइन्छ। प्रदेशले स्थानीय पालिकाको कोटाअनुसार पठाउँछ। पालिकाले सहकारीलाई दिन्छ सहकारीले बदमासी गर्छ। हामीले गर्नुभएन नि ! मलको सन्दर्भमा गडबडी गर्ने सहकारीले मात्रै हो। जसले सरकराले दिएको मूल्यमा किन्ने र किसान समक्ष बढी मूल्यमा बेच्ने समस्या छ।’
मन्त्री भुसालले लम्की स्किन रोगमो उपचारमा सरकारले सक्रियता देखाएको बताए। उनले नेपालमा ०७७ सालदेखि नै यो रोग फैलिरहेकाले अहिले आएर नियन्त्रण गर्न कठिनाइ भएको बताए।
‘लम्की स्कीन अहिले मात्रै फैलिएको होइन। ०७७ सालदेखि आएको थियो। यो भारतबाट आएको थियो। तर, उपचारको व्यवस्था गरिएको थिएन। हामी आएपछि उपचार पनि सुरु गर्यौ र नियन्त्रणका लागि खोप लगाउन पनि पहल गर्यौँ। अहिले करिब नियन्त्रणमा आएको छ,’ मन्त्री भुसालले भने।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















