३ सय करोड क्लबमा पुग्ने चलचित्र बन्यो गदर-२, पहिलो पठान
भारतीय चलचित्र गदर–२ ले ३ सय करोड कमाएको छ। फिल्मले आठौं दिनमै यो उपलब्धि हासिल गरेको हो। चलचित्रले शुक्रबार २०.५ करोड कमाएको थियो। यसरी चलचित्रको कुल कलेक्सन ३०५.१३ करोड पुगेको छ।
गदर-२ सबैभन्दा छिटो ३०० करोड क्लबमा प्रवेश गर्ने दोस्रो हिन्दी चलचित्र हो। यसभन्दा अगाडि शाहरुख खानको चलचित्र पठान छ। पठानले ६ दिनमा ३ सय करोड कमाएको थियो।
हिन्दी चलचित्र इतिहासमा ११ चलचित्रले मात्र ३ सय करोड कमाउन सफल भएका छन्। गदर–२ तीन सय करोड क्लबमा प्रवेश गर्ने १२ औं चलचित्र बनेको छ। पठान ५४३.०५ करोडको साथ यो सूचीमा पहिलो नम्बरमा छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















