संसदको अवरोध हटाउन प्रधानमन्त्रीले नै पहल लिनुपर्छ : लोकेन्द्रबहादुर चन्द
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै पहलकदमी लिनुपर्ने बताएका छन्।
नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाई गर्न नहुने बताए।
शनिबार ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्रा.डा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिहरुको लोकापर्ण पछि पत्रकारसँग उनले प्रधानमन्त्री दाहालले संसदको अवरोध हटाउने अभिव्यक्ति दिएको र छिट्टै संसद सुचारु हुने विश्वास व्यक्त गरे।
फरक प्रसंगमा वरिष्ठ नेता चन्दले पार्टी भित्र केही समस्या रहेको स्वकार गर्दै त्यसको समाधान विधि र विधान भित्रै रहेर हुने बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















